logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा कांग्रेसद्वारा दुस्ख व्यक्त


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेस संसदीय दलले हिजो ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ।

प्रमुख सचेतक बालकृष्ण खाँणले परम्परागत रूपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वयका अभावमा दुःखद् परिस्थिति सिर्जना भएको भन्दै विज्ञप्ति निकालेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं संवादका माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न कांग्रेसले अपील गरेका छन्।

घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। रासस