अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन । खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराए ।
राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएपछि खतिवडाले राजीनामा दिने बताएका हुन । राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि डा. खतिवडाको पद शनिवारबाट स्वतस् निष्क्रिय हुने छ ।
नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ ।