आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका ६ कञ्चनपुरमा ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले पीडित आमाले नै छोराले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।