logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामेछापमा ५ जना प्रहरीलाई देखियो कोरोना


अंकुरण खबर
962
Shares

जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँच दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । सबैमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वाब संकलनका बेला ती प्रहरीहरुमा सामान्य ज्वरो थियो । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत अरु प्रहरीको स्वाब परीक्षणको तयारी गरेको छ ।

शुक्रबार सार्वजनिक रिपोर्टअनुसार तामाकोसी अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । अस्पतालका २ चिकित्सकसहित ५ जनाको स्बाव परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण फेला परेको जनाइएको छ ।