logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १,३५९ जनामा कोरोना संक्रमण पुष्टि, १,३५४ जना डिस्चार्ज


अंकुरण खबर
923
Shares

नेपालमा थप १,३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,३५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये ४६४ जना महिला र ८९५ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । संक्रमितमध्ये २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन् । आज मात्रै कोरोनालाई जितेर १३,५४ जना घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७ लाख ४५ हजार ४९० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।