काठमाडौं उपत्यकामा शुक्रबार थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
केही दिनयता उपत्यकामा संक्रमण दर बढ्दो क्रममा छ ।