logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप १४ को मृत्यु, नेपालमा मृतकको संख्या २७१ पुग्यो


अंकुरण खबर
728
Shares

कोरोना संक्रमणबाट शुक्रबार थप १४ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको छ ।

मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मृत्यु हुने महिलामा तीनजना काठमाडौंका छन् । मन्त्रालयका अनुसार काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी सप्तरीका दुई जना ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको निधन भएको गौतमले जानकारी दिए ।