logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा


अंकुरण खबर
1.04K
Shares

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ लिए ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।

२०७४ सालको फागुनमा अर्थमन्त्री भएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उनले फागुनमा दोस्रो पटक सपथ लिएका थिए ।

अब नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् । उनको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।