logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए २० जना कोरोना संक्रमित, ३८ डिस्चार्ज


अंकुरण खबर
754
Shares

कर्णाली प्रदेशमा शुक्राबार थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेशका तीन जिल्ला र अन्य प्रदेशका दुई जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार २० जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित २० जना मध्य जुम्लाका १२ जना, दैलेख र सुर्खेतका तीन/तीन जना, दाङ र वर्दियाका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी संक्रमित देखिएको जुम्लाको चन्दननाथ नगरपालिका वडा नं.१, ४, ५, ६, ८ र १० का दुई महिलासहित ९ जना र तिला गाउँपालिका-७, का तीनजना पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २५८९ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार ३८ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २२३९ पुगेको छ ।