चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड-१९ परिक्षण प्रयोगशालामा शनिबार १३४ नमुना परिक्षण गर्दा चितवनका ३० लगायत थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० र ४ जना गरि जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । ती मध्ये ११ जना महिला र १८ जना पुरुष छन् ।
संक्रमीत महिलाहरुको उमेर १० बर्ष देखि ५० बर्ष रहेको छ भने पुरुषहरु १० बर्ष देखि ६६ बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र वाट स्वाब संकलन गरिएको जनाइएको छ ।
यस्तै थप संक्रमितहरुमा पूर्वी चितवनको राप्ती नगरपालिकाका ३४ बर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी अनुसार चितवन बाहिर नवलपुर कावासोतीका २ जना महिला, बुलिङटारका १ जना पुरुष र कास्की पोखराका ३० बर्षका पुरुष समेत कोरोना संक्रमण भएको हो ।