logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमित ब्यक्तिको सहभागितामा आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने


अंकुरण खबर
2.08K
Shares

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । जात्रा छोटो बनाउने सहमति अनुसार दिउसो तीन बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा रथ तान्न लागिएको हो ।

यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको छ ।

यसअघि जुन ठाँउमा रथ राखिएको सोही ठाँउका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो । यसपालि सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेको छ ।

जात्राका अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नखःत्या अर्थात भोज नबोलाउन र नजान आग्रह गरिएको छ । सोमबार मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ । साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती लगेसँगै जात्रा सम्पन्न हुनेछ ।

विगतमा चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याएर भोटो जात्रा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो । यस वर्ष भोटोजात्रा नगरिने भएको छ ।

रथ तान्ने विषयमा बिहीबार झडप भएपछि ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । रथयात्रामा समेत धेरैलाई भेला नहुन आग्रह गरिएको छ ।