नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
आज छापावला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य भने प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।