logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट चितवनमा ७० वर्षीय वृद्धको मृत्यु


अंकुरण खबर
806
Shares

चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १५ का ७० वर्षीय वृद्धको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ती वृद्धमा भदौको १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रस्वासमा समस्या भएपछि उनको भेन्टिलेटर राखेर उपचार भैरहेको थियो ।

योसँगै चितवनका अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । यी मध्ये चितवनका १२ जना रहेका छन् । संक्रमितको संख्या १ हजार नजिक पुगेको छ ।