logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरा पक्राउ


अंकुरण खबर
1.378K
Shares

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा आफ्नै बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, शनिबार राति मापसे गरेर आफ्नै ५३ वर्षीय बावु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा ३२ वर्षीय छोरा श्री तामाङलाई पक्राउ गरिएको हो ।

महानरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मापसे गरेर राति घर पुगेका तामाङले आफ्नै बाबु–आमालाई चक्कु हानेका थिए ।

घाइते दम्पतीलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।