गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा रिपोर्टमा आज कोरोना पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।