बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको कन्काइ नगरपालिका–३ की ४५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।
उनलाई भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पताल भर्ना भएकी थिइन् । दुई दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि दुई दिनदेखि भेन्टिेलटरमा राखिएको थियो ।
उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हो । डा. सापकोटाका अनुसार उनी मधुमेह रोगबाट पनि पीडित थिइन् ।