पाल्पा जिल्लामा आइतबार १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
तिनाउ गाउँपालिकाका ८ पुरुष, माथागढी गाउँपालिकाका ५ पुरुष, रैनादेवी छहरा गाउँपालिकाका एक महिला र एक पुरुष, बगनासकाली गाउँपालिकाका एक पुरुष गरी १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
समुदायस्तरमा गरिएको पीसीआर परीक्षणमा चारजना भारत र एक जना बेजिल्लाबाट आएकामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको कार्यालयले जनाएको छ ।