logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० अंकले घट्यो नेप्से


अंकुरण खबर
884
Shares

आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १०.४५ अंकले घटेको  छ ।

कारोबारको सुरुमा केही समय उकालो लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.६९ प्रतिशतले बढेको छ ।

आज १४४५.०५  को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४९९.९७ को बिन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता शेयर ३४ हजार ८६३ पटक खरिद विक्री हुदाँ २ अर्ब ७८ करोड २३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ५ लाख ७ हजार ३८९ कित्ता शेयर ४ हजार २९४ पटक खरिद विक्री हुदाँ ४० करोड १३ लाख रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।