नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ९८० संक्रमित थपिएको बताए ।
जसमध्ये २९० महिला र ६९० महिला छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
हाल १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम हाइसोलेसनमा ७ हजार ८२६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपाल १० हजार ३८२ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ ।