काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ८ हजार २५४ पुगेको छ ।