logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सकिने


अंकुरण खबर
715
Shares

सरकारले अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ ।

हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । तर नेपाली लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि आवश्यकताअनुसार कुल लगानीको ८० प्रतिशत नबढ्ने गरी लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी आन्तरिक वायु सेवाका लागि ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सकिने छ । फ्लाइङ स्कुलका लागि ९० प्रतिशतसम्म, मर्मत सम्भार संस्थाले ९६ प्रतिशतसम्म र यात्रु सेवा सुविधा प्रदायक व्यवसायमा ७५ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने गरी हवाई नीजिको मस्यौदा तयार भएको पूर्वसचिव एवं हवाई नीति मस्यौदा समितिका संयोजक यज्ञप्रसाद गौतमले बताए ।

सञ्चालकहरुले पाँच वर्षभन्दा कम उमेरका वायु यान आयात गरेमा भन्सार महसुल तथा लिज करमा सहुलियत दिने र त्यस्ता वायु यानको निरन्तर सञ्चालनका क्रममा पहिलो तीन वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था पनि गरिएको उनले बताए ।

फ्लाइङ स्कुल सञ्चालनमा आएको अवधिदेखि पहिलो पाँच वर्षसम्म आयकरमा छुट दिने र इन्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको वायु यान मर्मर सम्भार संस्थाको लागि १० वर्षसम्म आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने र सञ्चालनमा आएको मितिले पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने पछिल्लो पाँच वर्षमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।

यस्तै रोजगारमूलक नागरिक उड्डयनका क्षेत्रमा काम गर्न दुई अर्ब रुपैयाँको लगानी गर्ने व्यक्ति वा संस्थालाई पाँच वर्षसम्म आयकरमा पूर्ण छुट दिनसक्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मात्रै विमान किनेर वायु सेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी नीति बनाइएको छ । वायु सेवा कम्पनी सञ्चालनका लागि कम्तीमा तीन वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्ने छ ।