नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
२४ घण्टामा २ महिला र ७ पुरुषको मृत्यु भएको प्रवक्ता छ । जसमध्ये तीनजना काठमाडौंका छन् । मृतक दुई महिला मोरङकी ६४ र झापाकी ४५ वर्षीया हुन् । सँगै काठमाडौंका ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी मोरङका ४५, पर्साका ७७, धनुषाका ३५ र चितवनका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।