logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसैंसम्म निषेधाज्ञा कायम राख्न ललितपुरका प्रजिअको सुझाव


अंकुरण खबर
793
Shares

कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा दसैंसम्म उपत्यकामा निषेधाज्ञा गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले अघिल्लो चाडपर्वमा निषेधाज्ञा कायम राखेकोले संक्रमण कम भएको बताउँदै निषेधाज्ञा केही खुकुलो पार्दै भएपनि दसैंसम्म राख्नुपर्ने बताएका हुन् ।

‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला। अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ । संक्रमण बढ्छ । त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ।’