स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड-१९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको जानकारी दिए ।
यस्तै बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड-१९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको प्रवक्ता डा गौतमले जानकारी दिए।
वीर अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा त्यहाँका अन्य बिरामी र अस्पतालका ७० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अब अस्पतालका ३ वटै ब्लकमा कोभिडका बिरामीको उपचार गरिनेछ ।