logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने


अंकुरण खबर
793
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।

सोमवार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल सहितको छलफलमा भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

असार १० गते शुरू भएको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन ६ गते केहीबेर बसेर बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो ।

प्रचण्ड माधवकुमार नेपाल समूहले साउन १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय स्थायी कमिटी सदस्यको भेला गरेपछि त्यसले बैठकको मान्यता पाएको थिएन ।

विवाद समाधान गर्न महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा स्थायी कमिटी बैठकको नयाँ कार्यसूची बनाउने सहमति बिहीवारको सचिवालय बैठकमा भएको थियो ।

असार १० गते शुरू बैठकमा सरकारको कामकारवाही र पार्टीको कामकारवाहीको समीक्षालगायत ७ बुँदे एजेण्डा थिए ।

बैठकको बीचमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि नेकपामा विवाद बल्झिएको थियो ।