ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो झरेको छ ।
अविरल वर्षाका कारण झरेको पहिरोमा परी दुईजना सम्पर्कविहीन भएका छन् । पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबे सम्पर्कविहीन भएका ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत उद्धारमा जुटिरहेका छन् । अहिले उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।