ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहिबार झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
झडप भए पछि प्रहरीले १९ जनालाई पक्राउ गरेको ३ जनालाई छोडिसकेको र बाकी १६ जनामा कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले जानकारी दिए । संक्रमितहरुलाई ललितपुर परिसरमै राखिएको छ ।
त्यहिदिन झडप नियन्त्रणका लागि खटिएका १८ जना प्रहरीलाई समेत कोरोना पोजेटिभ देखिएको थियो ।