logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगर र सिरहामा कोरोना संक्रमणबाट एक-एक जनाको मृत्यु


अंकुरण खबर
832
Shares

विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

भदौ ११ गते संक्रमण पुष्टि भएका उनी दश दिन होम आइसोलेसनमा बसेपछि समस्या भएर शनिवार अस्पताल भर्ना भएका थिए । हालसम्म कोरोना संक्रमणबाट विराटनगरमा १५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गएराति कोरोना संक्रमणबाट सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रदेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सिरहामा कोरोनाबाट हालसम्म नौ जनाको मृत्यु भएको छ ।