कैलाली जिल्लाका ७१ जनासहित सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७५ जनामा संक्रमण देखिएको हो ।
डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा १ र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
गत २४ घण्टामा डडेल्धुरा अस्पतालमा ९१ र सेती प्रादेशिक अस्पतालमा ४ सय ४५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा बझाङको थलारा गाउँपालिकाका १ जना छन् ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका मात्रै ६३ जना पुरुषमा कोरोना देखिएको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका वडानम्बर ५ का ४, तथा १३ र २ नम्बर वडाका १–१, घोडाघोडी नगरपालिकाका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।