logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ


अंकुरण खबर
897
Shares

बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन् ।

आइतबार राति प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले आइतबार राति ७ बजेको समयमा आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि सिंहलाई नियन्त्रणमा लिइएको वृत्तका डिएसपी जितेन्द्र भण्डारीले जानकारी दिए ।

सिंहलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको उनले जानकारी दिए ।