नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको छ । यो सहित नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।