logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा थप ६३ नेपाली सेनामा कोरोना पुष्टि


अंकुरण खबर
1.43K
Shares

कैलालीमा सोमबार थप ६३ नेपाली सेनामा कोरोना पुष्टि भएको छ ।

केही दिनअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको स्वाब परीक्षणमा थप ६३ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको तालिम शिक्षालयमा कार्यरत हुन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वाब परीक्षण गरिएको थियो ।

शिक्षालयका २ सय ४५ जनाको नमूना स्वाब संकलन गरिएकोमा १ सय ९२ जनाको रिपोर्ट आएको छ । तीमध्ये ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १ सय २९ जना सैनिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अझै ५३ जना सैनिकको रिपोर्ट आउन बाँकी छ ।