ललितपुरस्थित पुल्चोकमा रातो मन्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा झडप हुँदा पक्राउ परेका सात जनालाई छाडिएको छ ।
पक्राउ परेका १९ जनामध्ये ३ जनालाई यसअघि नै छाडिएको थियो । बाँकी १६ जनाको कोरोना भाइरसको जाँच गराउँदा ६ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई छाडिएको हो । बाँकी एक जना भने बिरामी भएपछि छाडिएको छ ।
उनीहरुलाई हाजिर जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले बताए। पक्राउ परेकामध्ये अझै केहीको कारोना रिपोर्ट भने आउनै बाँकी छ ।
गत बिहीबार निषेधाज्ञा उल्लंघन गर्दै रथ तान्न थालेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । सो क्रममा प्रदर्शनकारीको कुटाइबाट ट्राफिक प्रहरी जवान कमल घिमिरे गम्भीर घाइते भएका थिए ।