logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका यी ५ जिल्ला कोरोना संक्रमणमुक्त 


अंकुरण खबर
650
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका ५ जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पाँच जिल्लाका सबै कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्लाहरु ताप्लेजुङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।