logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट आज ७०३ जना नेपाल फर्किए


अंकुरण खबर
793
Shares

सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन् । केन्द्रका अनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना, कतारबाट १४५ जना फर्किएका छन् ।

त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन् । मलेसियाबाट २ वटा शव ल्याइएको छ ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।