logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या १७ पुग्यो


अंकुरण खबर
897
Shares

बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेला परेको हो । बाढीमा परेर अझै २१ बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतकमध्ये दुई जनाको अझै सनाखत हुनसकेको छैन । यही भदौ १७ गते भुजीखोलामा आएको बाढीले करिब १५० घरमा क्षति पुर्‍याएको थियो ।