logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजविराजमा थप ७ दिनका लागि निषेधाज्ञा जारी


अंकुरण खबर
1.092K
Shares

कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले राजविराजमा मंगलबारदेखी थप ७ दिनका लागि निषेधाज्ञा बढाएको छ ।

सोमबार बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय पुनः एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिएका छन् ।

यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।

यसअघि पछिल्लो पटक जारी गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजे सकिदैछ ।