वीरगञ्जमा २९ जना कोरोना संक्रमित फेला परेका छन् ।
सोमबार ५ सय ८० जनामा गरिएको परिक्षणमा २९ जनाको रिर्पोट पोजेटिभ आएको हो । संक्रमित मध्ये रौतहटका ७ जना, पर्साका १३ जना र बारामा ९ जना रहेका छन् ।
विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बाराको कलैया उपमहानगरपालिका–७ र वडा १६ मा एक एक जना संक्रमित थपिएका छन् ।
बारागढी गाउँपालिकामा– ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमा एक जनामा कोरोना पुष्टि भएको छ ।