logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ


अंकुरण खबर
2.808K
Shares

नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट ना ३ ख ९०८९ नम्बरको ट्रकमा आएका  उनीहरुलाई भक्तपुरबाट ट्रकसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अपरेसन पूरा भयो भने हामी पत्रकार सम्मेलन गरेरै जानकारी दिन्छौं ।’