नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।