गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहान विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका विभिन्न जिल्लाका ५९ जना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु गोरखाका १० जना, कास्कीका ३१ जना, तनहुँका ३ जना, बागलुङका ९ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन् ।