logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य छ : अध्यक्ष थापा


अंकुरण खबर
832
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विवादित रेलमार्ग ठेक्का रद्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुका साथै ‘यसैगरी भ्रष्टाचारका अन्य काण्डमा समेत हस्तक्षेप गर्न’ प्रधानमन्त्रीसँग माग गरेका छन् ।

‘अनियमितता र भ्रष्टाचारको कारण विवादमा परेको काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य छ,’ थापाले ट्विटमा भनेका छन् ।

सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको हो । रेल विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको जानकारी दिएको छ ।