logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार ७.३५ अंकले सुधारियो


अंकुरण खबर
663
Shares

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.३५ अंकले बढेको छ ।

आज ११ बजे १४८७.८१  को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालोको यात्रा तय गर्दै ३ बजे सम्म आउँदा ०.४९ प्रतिशतले बढेर १४९५.१५ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका १९० कम्पनीको ४१ लाख ८० हजार ८१६  कित्ता शेयर २३ हजार २९७ पटक खरिद विक्री हुदाँ १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।