logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ डिस्चार्ज


अंकुरण खबर
897
Shares

नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन् । आज मात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन् ।