नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन् ।
यो निको हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।
आज थप ९०२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।