logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना


अंकुरण खबर
1.3K
Shares

राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार ५ जना डाक्टर, ८ जना नर्स, ४ जना ल्याब कर्मचारी, १ जना पारामेडिक्स, सरसफाइ कर्मचारी ८ जना र बाँकी प्रशासन कार्यालयका सहयोगी गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कीर्तिपुर आयुर्वेद केन्द्र, टेकु अस्पतालमा उपचाररत छन् । साथैै संक्रमितको सम्पर्कमा आएका झण्डै ७० जना अरु स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा छन् ।

ट्रमा सेन्टरमा आकस्मिक घटनाका घाइते आउने भएकाले उपचार गर्ने डाक्टर, नर्स र स्वयं बिरामीलाई पनि धेरै समस्या परेको डा. पौडेलले बताए ।

पछिल्लो समय वीर अस्पताललाई कोभिड अस्प्ताल बनाएपछि वीरमा आउने बिरामीलाई ट्रमा सेन्टरमा उपचार गरिएको छ ।