logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.508K
Shares

सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन प्रयोगशालामा एक हजार १० जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरका ६ र कैलालीका चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का दुई जना, लम्कीचुहा नगरपालिका वडा नम्वर २ का एक जना र वडा नम्वर १ का एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का पाँच जना र वडा नम्वर ५ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।