logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेन्टिलेटरमा उपचाररत काठमाडौंमा एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
715
Shares

काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ ।

काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा भएको हो । उनको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मंगलबार बिहान अस्पताल भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पताल भर्ना भएपछि उनको स्वाब परीक्षण गर्दा मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।