logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा ७७ जना कोरोनामुक्त


अंकुरण खबर
650
Shares

बाँकेका विभिन्न आईसोलेसन सेन्टरबाट आज ७७ जना कोरोना मुक्त भई घर फर्किएका छन ।

कोरोना मुक्त हुनेमा भेरी अस्पताल नेपालगन्जका १ जना डाक्टर, १ जना नर्स र कोहलपुरस्थित कौशिल्यानगर ब्यारेकका ५१ जना नेपाली सेना लगायत अन्य ७७ जना रहेका छन् ।

घर फर्कने सबै भदौ १० गते कोरोना संक्रमित भई आईसोलेसनमा बसेका ब्यक्तिहरु हुन् । बाँकेमा हालसम्म १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय १५ जना डिस्चार्ज भएका छन् ।