स्थानीय

आफ्नै ६३ वर्षीया वृद्ध आमालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय छोरा पक्राउ

आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामका एक २३ वर्षीय युवाले ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएको प्रहरीले जनाएको छ ।

फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएको उनले बताए ।

पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए। ती युवाविरुद्ध जवर्जस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने उनले जनाकारी दिए।

Comment here